मन्दिरको सुन चोर्ने सुनचाँदी व्यवसायी संघका अध्यक्षसहित ७ जना पक्राउ
प्रकाशित : मंगलबार, साउन १२, २०७८ , मसलापाटी
प्रकाशित : मंगलबार, साउन १२, २०७८ , मसलापाटी
मसलापाटी
१२ साउन ,— मन्दिर भित्रको सुन चोरी गर्ने ७ जना पक्राउ परेका छन् । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी भएको प्रहरीले जनाएको छ ।जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी व्यवसायी ३३ वर्षीय कञ्चन पौडेल र सोही ठाउँका ४५ वर्षीय गणेशकुमार पौडेल पक्राउ परेका हुन् । गणेश नेपाल सुन चाँदी व्यवसायी सङ्घ बैतडीका अध्यक्षसमेत हुन् ।यसैबीच लटिनाथ मन्दिरको सुन भण्डार घरको ताला फोडेर चोरेको पुष्टि भएको छ । गत पुसमा धनबहादुर, लालबहादुर, केशव र हरिकृष्णले योजना बनाएर सुन लुटेको पुष्टि भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।
प्रकाशित मिति: २०२१-०७-२७ , समय : ०९:४०:०५ , ३ वर्ष अगाडि