त्रियुगा ४ बगाहमा विङगर दुर्घटना हुदा चालक सहित १३ जना घाइते

प्रकाशित : सोमबार, कार्तिक २५, २०८२ , पुर्बेली आवाज

पुर्बेली आवाज

२४ कार्तिक । गाईघाट देखि लहान तर्फ यात्री बोकेर जादै गरेको विङगर गाडी सोमबार बिहान आफै अनियंत्रित भै दुर्घटना हुदा चालक सहित १३ जना घाइते भएका छन् ।

गाईघाट -लहान सडक खण्डको त्रियुगा नगरपालिका ४ बगाहमा बिहान ८.१५ बजेको समयमा ना.ज ८३ ९१ नम्बरको विङगर गाडी आफै अनियंत्रित भै सडक देखि तल दक्षिण तर्फ पल्टिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-११-१० , समय : १२:४६:०५ , ३ दिन अगाडि