सोलुखुम्बुमा बस दुर्घटना चालक फरार
प्रकाशित : शुक्रबार, कार्तिक २९, २०८२ , पुर्बेली आवाज
प्रकाशित : शुक्रबार, कार्तिक २९, २०८२ , पुर्बेली आवाज
पुर्बेली आवाज
कार्तिक २९, सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–८ बनभाडेस्थित सिद्धिचरण लोकमार्गमा सवारबस दुर्घटना भएको छ । आज बिहान सल्लेरीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६३२७ नम्बरको श्री उग्रचण्डी यात्रुबस अनियन्त्रित भई सडकको छेउतिर पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटनामा रौतहट, गरुडा नगरपालिका–६ की ३६ वर्षीय जानुका रसाईलीको टाउकोमा चोट लागेको छ भने भारत उत्तर प्रदेश मेरठका ३० वर्षीय एकिनचन जेनको दायाँ पाखुरा भाँचिएको प्रहरीले जनाएको छ। दुवैजनालाई तत्काल उपचारका लागि ओखलढुङ्गा सामुदायिक मिसन अस्पताल पठाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २०२५-११-१४ , समय : १२:३८:५३ , ३ घन्टा अगाडि