प्रदेश १ सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिने
प्रकाशित : बिहिबार, चैत्र १९, २०७७ , मसलापाटी
प्रकाशित : बिहिबार, चैत्र १९, २०७७ , मसलापाटी
मसलापाटी
१९ चैत्र ,
विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। चैत २३ गतेको संसद् बैठक अगावै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको संसदीयदलका नेता इन्द्रबहादुर आङ्वोले बताए। उनको संसदीय दलको बैठकमा समर्थन फिर्ता लिनेबार छलफल भइरहेको बताए। पुस ५ गते प्रधानमन्त्री केपीशर्मा ओलीले प्रतिनिधिसभा विघठन गर्ने निर्णयपछि मुख्यमन्त्री शेरधन राईविरुद्ध गत पुस १२ गते तत्कालिन नेकपा दाहाल–नेपाल समूहका ३७ जना सांसदले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए। ‘संसद बैठकबाटै समर्थन फिर्ता लिईने छ,’ उनले भने। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री राई नेतृत्वको सरकारलाई कुनै असर पर्ने छैन। प्रदेश सभामा एमालेको एकल बहुमत छ। एमालेका ५१ सांसद छन्।
प्रकाशित मिति: २०२१-०४-०१ , समय : ०८:३९:५६ , ४ वर्ष अगाडि