भोजपुरमा मिलको फित्तामा पछ्यौरी बेरिएर एक जनाको मृत्यु

प्रकाशित : आइतबार, चैत्र ०१, २०७७ , मसलापाटी

मसलापाटी

०१ चैत्र २०७७,

भोजपुर । भोजपुरको रामप्रसादराई गाऊपालिका -१ ओख्रे निवासी ७६ बर्षीया कुमारी बानियाको धानकुट्ने मिलको फित्तामा घाटीमा लगाएको सल बेरिएर मृत्यु भएको छ ।शनिबार बेलुका ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको बिजुलीबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको पछ्यौरी मिलको फित्ता छेउको पाङ्ग्रामा बेरिरिएर घाइते भएकी उनको घाटिमा चोट लागेको थियो। घाईते भएकी बानियाको उपचारको क्रममा स्थानिय संगिता मेडिकल ओख्रेमा राती साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति: २०२१-०३-१४ , समय : १५:३३:१० , ४ वर्ष अगाडि