घाइते मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु
प्रकाशित : आइतबार, भाद्र ०८, २०८२ , पुर्बेली आवाज
प्रकाशित : आइतबार, भाद्र ०८, २०८२ , पुर्बेली आवाज
पुर्बेली आवाज
गाईघाट ८ भदौ । गत साउन ३० गते चौदण्डिगढी नगरपालिका ६ द्वारखोलाको पुलस्थित मदन भण्डारी लोकमार्गमा दिउसो ५.३० बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक धनुषाधाम नगरपालिका ८ का ४८ बर्षिय बिनोद लामाको सनिवार राति ११.३० बजे बिराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुमो गाडीको ठक्करबाट गम्भीररूपमा घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा सनिवार राति मृत्यु भएको हो। प्र २-०२-००३पको मोटरसाइकललाई इटहरीदेखि गाईघाट आउदै गरेको को १ च ८७९९ नम्बरको सुमो गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ
प्रकाशित मिति: २०२५-०८-२४ , समय : १४:२१:३२ , ९ घन्टा अगाडि