त्रियुगाका अस्थायी र ज्यालादारी कर्मचारी निकालिए
प्रकाशित : आइतबार, कार्तिक ०३, २०८२ , पुर्बेली आवाज
प्रकाशित : आइतबार, कार्तिक ०३, २०८२ , पुर्बेली आवाज
पुर्बेली आवाज
२0८२ कार्तिक २ । त्रियुगा नगरपालिकाले अस्थायी, करार र ज्यालादारी कर्मचारीको जागीर चैट गरेको छ । शुक्रबारको बैठक निर्णय अनुसार नगरपालिकाले स्वीकृत दरबन्दीबाहेकका अस्थायी, करार र ज्यालादारी कर्मचारीको करारनामा रद्ध गरेको जनाएको छ ।
शनिबार दिउसो नगरपालिकाको वेबसाईटमा प्रकाशित सूचना अनुसार ०८२ कात्तिक १ गतेदेखि लागू हुने गरि उनीहरुको सम्झोता रद्ध गरिएको हो । वेबसाईटमा दिउँसो १ः४९ वजे अपडेट सूचना अनुसार ०८२ असोज ३१ गतेको निर्णय अनुसार कात्तिक १ गतेदेखि स्वीकृत दरबन्दीबाहका अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीको सम्झौता रद्ध गरिएको हो ।
नगरपालिकाले नेपाल सरकार मन्त्रिपरिषदको ०८२ असोज ५ गतेको निर्णय, अर्थ मन्त्रालयको चलानी नंबर ११८, असोज ७ गते र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नंबर ११३ असोज ८ गतेको पत्रानुसार यो निर्णय गरेको सूचनामा जनाएको छ ।
प्रकाशित मिति: २०२५-१०-१९ , समय : १३:१४:२४ , ४ घन्टा अगाडि