कोशी सरकारमा काङ्ग्रेस सहभागी हुदै,उदयपुरका हिमाल कार्की पनि मन्त्री बन्ने जोडबलमा
प्रकाशित : आइतबार, साउन १३, २०८१ , पुर्बेली आवाज
प्रकाशित : आइतबार, साउन १३, २०८१ , पुर्बेली आवाज
पुर्बेली आवाज
बिराटनगर ,१३ साउन।
नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीको नेतृत्वको सरकारमा काङ्ग्रेस चार मन्त्रालय सहित सहभागी हुने भएको छ।नेकपा मावोबादी केन्द्र कोशी सरकारबाट बहिरे सगै नेपाली काङ्ग्रेस कोशी सरकारमा सहभागी हुने भएको हो।
प्रदेश सरकारमा काङ्ग्रेस चार मन्त्री र एक राज्यमन्त्री सहित सहभागी हुने छ। काङ्ग्रेस संसदीय दलका नेता उद्द्ब थापाला का अनुसार काङ्ग्रेसले अहिले खालि रहेका मन्त्रालय लिने सहमति भएको छ ।
काठमाडौमा मुख्यमन्त्री सग भएको छलफलमा मन्त्रालय को भागबन्डाबारे सकारात्मक छलफल भएको जानकारी दिदै थापाले सहमति लाइ लिपिबद गर्ने आफ्नो प्रस्ताव रहेको बताए ।
मन्त्री छान्न सकस काङ्ग्रेसमा
चार मन्त्रालय पाउने सहमति भए पनि काङ्ग्रेसले सरकारमा को को जाने भन्ने निर्णय गर्न सकिरहेको छैन। काङ्ग्रेसमा एक दर्जन मन्त्री बन्ने आकाङ्क्षि रहेको बताइएको छ।काङ्ग्रेसक चार मन्त्री मध्य २ देवाउ खेमाबाट १ शेखर बाट र १ सिटौला खेमाबाट पठाउने तयारी रहेको स्रोतले जनाएको छ।
खोटाङका भुपेन्द्र राइ, इलामका गोबिन्द गिरी, मोरङ्का भिम पराजुली ,मान बहदुर लिम्बु,झापाका भुमिप्रसाद राजवशि,ताप्लेजुङका खगेनसिह खाङ्गाम र सोलुखुम्बुका डोल्ल्मा तामाङ लगायत मन्त्रीका मुख्य आकाक्षी हुन।
यता पहिला नै मन्त्री रहिसकेका उदयपुरका हिमाल कार्की र ओखलढुंगाका प्रदीप सुनारले पनि मन्त्रीको लागि जोड्बल गरिरहेका छन।
प्रकाशित मिति: २०२४-०७-२८ , समय : ११:२७:३३ , २ महिना अगाडि