कटारीका मेयरको उदाहरणीय काम :पहिलो महिनाको तलव दुई बिरामीको उपचारमा खर्चे

प्रकाशित : मंगलबार, साउन ०३, २०७९ , सरोज निरौला

सरोज निरौला

उदयपुर । उदयपुरको कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले आफ्नो पहिलो महिनाको तलव दुईजना बिरामीको उपचारमा खर्च गरेका छन् ।कटारी ७ रिस्कु चारपाटेका राजकुमार बर्देवा र अप्रेशन गर्न नपाई अस्पतालबाट घर फर्किएकी धनमाया परियारलाई मेयर श्रेष्ठले उपचार खर्च दिएका हुन् ।

 

मेयर श्रेष्ठ बीर अस्पतालमा पुगी बिरामीको पुर्ण उपचारको लागी पहिलो महिनाको पारिश्रमिक बापतको चालीस हजार २०/२० हजारका दरले रूपैया उपलब्ध गराएका हुन् ।

बिरामीको कमजोर आर्थिक अवस्थाका कारण स्वास्थ्यमा झन जटिल समस्या देखिँदै गएपछि  मेयर श्रेष्ठको पहलमा एम्बुलेन्सको ब्यवस्था गरि बिरामी काठमाण्डौ लगिएको थियो । उपचारका लागी रकम अपुग भए नगरपालिकाबाट पनि उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै अन्य सहयोग गर्न ईच्छुकहरुलाई पनि सहयोगको अपिल गरेका छन् ।

प्रकाशित मिति: २०२२-०७-१९ , समय : ०८:०९:०३ , २ वर्ष अगाडि