लालबजारमा नवनिर्मित प्रहरी बिटको उद्घाटन
प्रकाशित : बिहिबार, फाल्गुण २०, २०७७ , मसलापाटी
प्रकाशित : बिहिबार, फाल्गुण २०, २०७७ , मसलापाटी
मसलापाटी
२० फाल्गुण २०७७,
बेलका।(लालबजार) बेलका नगरपालीका वडा नं. ४ लालबजारमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला तथा प्रहरी चौकी लालबजार उदयपुरको संयुक्त आयोजनामा समुदाय प्रहरी साझेदारी वडा समितिसँगको सहकार्यमा निर्माण सम्पन्न भएको प्रहरी बिट लालबजारको कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरि.उपरिक्षक. भिम बहादुर दाहाल बाट उद्दघाटन भएको छ । बीट स्थापनाले प्रहरी सबैतिर छरिएर सतर्करुपमा रहने भएपछि गलत गतिविधिमाथि निगरानी बढ्ने र शान्ति, सुरक्षा कायम हुने विश्वास लिइएको छ ।सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जम्मा जनश्रमदान सहित १,५२,३२५ अक्षेरी एक लाख बाउन्न तीन सय पचिस रुपैया लागतमा बनेको हो ।
प्रकाशित मिति: २०२१-०३-०४ , समय : ११:२५:३२ , ४ वर्ष अगाडि