गाइघाटस्थित रियाज पम्पमा प्रहरीको ताला

प्रकाशित : आइतबार, साउन १३, २०८१ , सरोज निरौला

सरोज निरौला

उदयपुर (गाइघाट),१३ साउन। ईन्धनमा ठगी गरेको पाइएपछि त्रियुगा नगरपालिका-११ गाईघाटस्थित रियाज पेट्रोल पम्पमा प्रहरीले आइतबार बिहान ताला लगाएको हो।

प्रहरीका अनुसार पम्पले गाडीको ट्याङ्कीमा तेल नझर्ने गरेर तेलको परिमाण र मूल्य चाहिँ मिटरमा देखिने गरी ठगी गरेको पाइएको हो।

रियाजमा तेल किन्ने उपभोक्तालाई मूल्य अनुसार ईन्धन नदिने गरेको गुनासो बारम्बार आउन थालेपछि प्रहरीले अनुगमन गर्दा आरोप प्रमाणित भएपछि ताला लगाएको प्रहरीले जनाएको छ।

आरोप प्रमाणित भएपछि पम्प सञ्चालक बैधनाथ साहलाई कम तेल बेचेको विषयमा स्पष्टिकरण लिन बोलाउँदा सम्पर्कमा नआएको प्रहरी सई गोपी कटुवालको भनाइ छ।

प्रकाशित मिति: २०२४-०७-२८ , समय : १२:२०:२० , ३ महिना अगाडि