‘ हरिचन्द्र साह स्मृति’ कपको उपाधि त्रिवेणी माविलाई
प्रकाशित : शुक्रबार, भाद्र २१, २०८१ , सरोज निरौला
प्रकाशित : शुक्रबार, भाद्र २१, २०८१ , सरोज निरौला
सरोज निरौला
भदौ २१,(कटारी)उदयपुर । उदयपुरको स्थानिय कटारी टाईगर क्लबको आयोजना र स्वर्गीय हरिचन्द्र शाहको परिवारद्वारा प्रायोजित ‘प्रथम हरिचन्द्र साह स्मृति कप फुटबल प्रतियोगिता ०८१’को उपाधि त्रिवेणी नमूना मावि कटारी विजयी भएको छ ।
विहीबार सम्पन्न फाईनल खेलमा सिन्धुलीको नमूना मावि लदाभीरलाई पराजित गर्दै त्रिबेणीले उपाधि कब्जा गरेको हो । टाईव्रेकरमा त्रिवेणीका खेलाडीहरु स्मीथ भुजेल, रितेश दनुवार, शुसेन ठकुरी र गगन अधिकारीको प्रहारले गोल गर्दा राजु विकको प्रहार ‘मिस’ हुन गयो ।
लदाभीरका खेलाडीहरु टीका थापा मगर, समिर कुमर र सनिल कुमरको प्रहार मात्र गोलपोष्ट छिर्दा मनिष कुमर र जितलाल कुमरको प्रहार असफल भयो । फाईनलको खेलमा खेल अवधिमा दुवै टिमले गोल गर्न नसकेपछी टाईपव्रेकरबाट नतिजा निकालिएको हो ।
विजयी त्रिबेणी माविलाई ३० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरियो भने उपविजेता लदाभीरलाई २० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरियो । शुक्रबार आयोजित समापन समारोहमा प्रमख अतिथि कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ, सिन्धुलीको दुधौली नगरप्रमुख दिनेश अधिकारी दनुवार, नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा र स्वर्गीय हरिचन्द्र साहकी श्रीमति सुनिता साहले पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।
प्रतियोगिता गएको भदौ ७ गतेदेखि सुरु भएको थियो ।
प्रकाशित मिति: २०२४-०९-०६ , समय : १६:५०:५७ , १ महिना अगाडि