नब्याएको बाच्छीले दूध दिन थालेपछि…
प्रकाशित : शुक्रबार, बैशाख १०, २०७८ , पत्रपत्रिकाबाट
प्रकाशित : शुक्रबार, बैशाख १०, २०७८ , पत्रपत्रिकाबाट
 
पत्रपत्रिकाबाट
१० बैशाख,

झापा। झापाको गौरादह नगरपालिका–३ का राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकन नै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् ।नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको भीड लाग्न थालेको छ । “चिकित्सा विज्ञानलाई आश्चर्यमा पार्ने गरी आफ्नै गोठमा बाँधेर पालेको २१ महिनाको बाच्छीले दूध दिन थालेपछि अचम्म लाग्यो,” पन्तले भने ।पशु चिकित्सकलाई जाँच गराउँदा गाईले गर्भधारण नगरेको पाइएको गाईधनी पन्तले बताउँदै भने, “घरमा बाँधेर पालेको बाच्छी २१ महिनाको मात्र भयो । यसलाई कहीँ लगिएको पनि छैन ।” “एक हप्तादेखि बाच्छीको अचानक फाँचो ह्वात्तै बढ्यो । थुनसमेत ब्याएको गाईको जस्तो पघ्रेर आए । बाच्छीको थुन गानिन थालेपछि हामीले दुहुन थाल्यौँ । उसले आरामले दूध दिन थाल्यो,” गाईधनी पन्तले भने । अहिले दैनिक एक पटक दुहुने गरेको र दूध अलि पातलो र पहेँलो रहेको पनि उनले बताए । बिगौती दूध भएकाले घरमा कसैले पनि नखाएको दूध बाख्र्राका पाठालाई दिने गरिएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति: २०२१-०४-२३ , समय : ०७:५५:०० , ५ वर्ष अगाडि